सबै देशमा घट्यो एप्पलको बिक्री
शुक्रबार, २१ वैशाख २०८१, १९ : ०१

वाशिङ्टन डीसी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको बिक्री लगभग सबै देशमा घटेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो आकडाले यस्तो देखाएको हो ।
कम्पनीले बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा स्मार्टफोनको बिक्री १० प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा यूरोपबाहेक हरेक क्षेत्रमा कम्पनीको बिक्री घटेको बताइएको छ । कम्पनीको आम्दानी एक वर्ष अघिको तुलनामा ४ प्रतिशतले घटेर ९० अर्ब ८० करोड डलरमा समेटिएको छ । आम्दानीमा आएको यो कमी एक वर्षयताकै सबैभन्दा धेरै भएको बताइएको छ । कमी अपेक्षाकृत भन्दा कम भएकोले यसको असर न्यूयोर्कमा नियमित समयपछिको कारोबारमा एप्पलको शेयरमा परेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?