सबै देशमा घट्यो एप्पलको बिक्री
शुक्रबार, २१ वैशाख २०८१, १९ : ०१
वाशिङ्टन डीसी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको बिक्री लगभग सबै देशमा घटेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो आकडाले यस्तो देखाएको हो ।
कम्पनीले बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा स्मार्टफोनको बिक्री १० प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा यूरोपबाहेक हरेक क्षेत्रमा कम्पनीको बिक्री घटेको बताइएको छ । कम्पनीको आम्दानी एक वर्ष अघिको तुलनामा ४ प्रतिशतले घटेर ९० अर्ब ८० करोड डलरमा समेटिएको छ । आम्दानीमा आएको यो कमी एक वर्षयताकै सबैभन्दा धेरै भएको बताइएको छ । कमी अपेक्षाकृत भन्दा कम भएकोले यसको असर न्यूयोर्कमा नियमित समयपछिको कारोबारमा एप्पलको शेयरमा परेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण