शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गैंडाकोटमा ट्रकमा आगजनी

मङ्गलबार, २९ साउन २०७५, ०८ : ५६
मङ्गलबार, २९ साउन २०७५

नवलपरासी - पूर्वी नवलपरासीको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान ट्रकमा आगजनी गरिएको छ ।

बिहान करिब २ बजेतिर ना २ ख २५४८ नम्बरको पराल बोकेको ट्रकमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, आगलागी शुरु हुनासाथ प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले  ट्रकमा धेरै क्षति हुन पाएन । 

आगलागीबाट ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय  गैंडाकोटले जनाएको छ । 

ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप