शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको सुरक्षित आवास कर्जा योजना

मङ्गलबार, २९ साउन २०७५, १९ : ३०
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सर्वसाधारणको हितलाई ध्यानमा राखी गण्डकी सुरक्षित आवास कर्जा योजना ल्याएको छ । जसमा ग्राहकले घर÷जग्गा खरिद गर्न र घर निमार्ण गर्नको लागि रु. पाँच लाख देखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन ।

कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने, ब्याज मात्र तिरे पुग्ने रहेको छ र कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशत सम्म मात्र थप गरी निर्धारण गरिने बैंकले जनाएको छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बिमा गराउनु पर्नेछ ।  

बिमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने छन् । यस प्रकारको योजनाले ग्राहकलाई भवितव्य वाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने छ । यस प्रकारको सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिनेछ ।

हाल बैंकको पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा ५वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा आउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप