शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा ७ सय ७९ सवारी साधन कारवाहीमा

मङ्गलबार, ०६ कात्तिक २०७५, १५ : ४९
मङ्गलबार, ०६ कात्तिक २०७५

विदुर– बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ । 

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशैं मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडौं फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो ।

ट्राफिक कार्यालयले एक हप्तामा रु ६ लाख ६६ हजार राजश्व पनि उठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप