बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इन्डियाको हवाई सम्पर्क पाँच वर्षमा तीव्र गतिमा बृद्धि

बिहीबार, २७ मङ्सिर २०७५, १५ : २०
बिहीबार, २७ मङ्सिर २०७५

नयाँ दिल्ली– इन्डियाको हवाई सम्पर्कमा पाँच वर्षको अवधिमा सवैभन्दा धेरै बृद्धि भएको छ । नयाँ ढाँचा अनुरुप घरेलु यात्रा गर्ने यात्रुको संख्यामा अझ बृद्धि हुने विस्वास अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)ले बताएको छ ।

आईएटीएका मुख्य मन्त्री अर्थशास्त्री ब्रायन पीयर्सले भने,‘भारतको घरेलु विमान बजार दुनियामा सवैभन्दा उच्च बृद्धि भईरहेको छ । घरेलु विमान बजारले अक्टुवरमा अगातार  ५०औं महिना दस गुणाले बृद्धि भईरहेको छ ।आईएटीएको विश्लेषणको मुताविक, इन्डियामा हवाई सम्पर्क पछिल्लो पाँच वर्ष (२०१३ देखि २०१८)मा ११४ गुणाले बढेको छ । यो अहिलेसम्मकै उच्च बृद्धि हो ।

हवाई सम्पर्क (कनेक्निभिटी) ग्लोबल एयर ट्राफिक नेटवर्कको साथ कुनैपनि देशसँगको सम्वन्धलाई बुझाउँछ । संगठनले भनेको छ कि ‘एशियाको धेरै बजारहरुमा एयर कनेक्टिभिटीमा आश्चर्यजनक बृद्धि भएको छ ।

हालको वर्षहरुमा भने इन्डियन विमान कम्पनीहरुसँग धेरै विदेशी कम्पनीले विभिन्न इन्डियन शहरहरु वा शहरहरुबाट पनि एयर सेवाहरु संचालन गरेका छन् । पियर्सको आशा यो पनि छ कि घरेलू यात्रुहरुको संख्या अझ बढी बढ्नेछ तर पूर्वाधार एक प्रमुख चुनौती बनेर उभिएको छ, जसको कारणले विभिन्न एयरपोर्टहरुमा भीडभाड हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप