शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

सोमबार, ०२ पुस २०७५, ०६ : ५४
सोमबार, ०२ पुस २०७५

काठमाडौं — राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । 

संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् । 

अरु माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ, सचिवालयका एक कर्मचारीले भने । 

सांसद् उमेश श्रेष्ठले घरभाडा लिने सांसद्को सुचीमा नाम आएपछि चिन्तित् भएको बताएका छन् । 

संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै आफुले ललितपुरको झम्सिखेलमा घर भको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चार्यमा परेको उनले उल्लेख गरेका छन् । 

महासचिवलाई लेखेको पत्रमा भनिएको छ, मेरो नाममा घरभाडावापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप