शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रवि वडलाई सुदूरपश्चिम प्रदेश सरकारद्वारा सम्मान

सोमबार, ०९ पुस २०७५, २० : ५७
सोमबार, ०९ पुस २०७५

कैलाली– नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ । 

विमानस्थलबाट सिधैं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गरेका हुन् । 
सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताए । 

यस्तै सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताए । 

 उनले सम्पूर्ण देशवासीको माया र स्नेहले आफूले यो स्थान हासिल गरेको भन्दै खुसी व्यक्त गरे । 

सोही अवसरमा मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले प्ीन् रविलाई सम्मान गरेका छन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप