रेनो डस्टर आरएक्सएस नेपाली बजारमा
काठमाडौं– रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईलले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनीक गरेको छ । नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रम गरि रेनो डस्टर आरएक्सएसको बिक्री वितरण शुरु गरेको हो ।
फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण शुरु गरेको थियो । रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ ।
यसको साथै आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका छन् । यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ ।
डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् ।
डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वाशीलो पहुँच योग्य प्रिमियम एसयूभी हो । यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएका छन् । डस्टर एक्सआरएसले दम्दमर प्रदर्शन, ड्राइभ क्षमता र दक्षता प्रदर्शन गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्