शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लेखक तथा मानवअधिकारकर्मी गणेश उचैको निधन

सोमबार, ०६ फागुन २०७५, १२ : ०९
सोमबार, ०६ फागुन २०७५

बुटवल–लेखक तथा मानवअधिकारकर्मी गणेश उचैको निधन भएको छ । 

उचैको ५८ वर्षको उमेरमा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो ।

एक्कासी मुटुमा असहज महसुस भएपछि अस्पताल भर्ना भएकोमा उपचारका क्रममा  निधन भएको बुटबलस्थित दैनिकपत्रका प्रधान सम्पादक तथा उनका छिमेकी बालकृष्ण चापागाईले जानकारी दिए ।
उचैका श्रीमति सीता, छोरा ईञ्जिनियर क्षितिज र छोरी श्रृष्टि रहेका छन् ।

उचैको आजै तिलोत्तमा र बुटवलको बीचमा पर्ने मगरघाटमा अन्त्येष्टि गरिने  पारिवारिक स्रोतले जनाएको छ ।

बाग्लुङको बिजुवामा जन्मिएका उचै लामो समयदेखि बुटवलमा रहेर मानवअधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप