शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नारी दिवसकै दिन दुई बालिका बलात्कृत

शुक्रबार, २४ फागुन २०७५, १९ : २४
शुक्रबार, २४ फागुन २०७५

बुटवल– देशैभर बढो तामझाम र जनचेतना मुलुक र्यालीका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा दाङमा भने आजै एक बालिकासहित  दुई महिला बलात्कारको शिकार भएका छन् ।

१४ वर्षीया बालिकासहित अर्की महिला बलात्कृत भएपछि अहिले साँझ प्रहरी घटना स्थलमा पठाईएको दाङ्गका प्रहरी प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए ।  बलात्कृत हुनेमा घोराही उपमहानगरापलिका १० बस्ने १० वर्षीया सुना (नाम परवर्तन) रहेकी छन् । उनलाई  १३ वर्षीय रतन ( नाम परिवर्तन)ले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै घोराही उपमहानगर १४ बस्ने १४ वर्षीया चुनु (नाम परिवर्तन) लाई रोल्पा रुम्टागढी गाउँपालिका १ का युवराज रानाले बलात्कार गरेको प्रहरीको दाबी छ । उनी रोल्पादेखि मजदुरी गर्न त्यहाँ आइपुगेका थिए ।

एसपी पाण्डेले भने, ‘आजै दुुईवटामध्ये एउटा बलात्कार मुद्धा दर्ता नै भईसकेको छ’–उनले थप भने, ‘अर्को बलात्कार घटनाको मौखिक उजुरी आउनसाथ प्रहरीलाई घटनास्थलमा पठाइएको छ, उनीहरु फर्केर आएपछि दुवै घटनाको विस्तृत विवरण दिइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप