गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन
शुक्रबार, २१ वैशाख २०८१, ०९ : ५०

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।
उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ ।
उत्तर कुमार घिमिरेलाई पर्साको सहायक प्रजिअ, नरेश कुमार यादवलाई रौतहटको सहायक प्रजिअ र महेश राज तिम्सिनालाई इलामको सहायक प्रजिअको रूपमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाबारे नेपालस्थित पाकिस्तानी दूतावासलाई बुझाइयो ध्यानाकर्षणपत्र
-
नयाँ क्रान्तिका लागि तयारी अवस्थामा रहन प्रचण्डको अपिल
-
भारतको आसामलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा, आर्मीसँग उपाधि भिडन्त
-
जोखिम मोलेर यसरी काम गर्दैछन् फलामजन्य उद्योगका मजदुर
-
गृहमा मनलाग्दी : सहसचिवलाई थन्क्याएर उपसचिवलाई सीडीओ
-
सरोज र शान्तिलाको आवाजमा ‘मलाई ओके छ’ सार्वजनिक