शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एसईई परीक्षा दिने तयारीमा रहेका विद्यार्थी चोरीको आरोपमा पक्राउ

शनिबार, ०९ चैत २०७५, १६ : ४२
शनिबार, ०९ चैत २०७५

बुटवल– एसईई परीक्षाको तयारीमा रहेका एक विद्यार्थी शनिबार चोरीको आरोपमा पक्राउ परेका छन् । एसईसी परीक्षा भोलि आइतबारदेखि सुरु हुँदैछ । 

 विभिन्न स्थानमा चोरी गरेको ओरोपमा बाग्लुङ्गको धम्जा  प्रहरी चौकीले काठेखोला– ६ सैरेनी निवासी १५ बर्षिय बुद्धि सुनारलाई पक्राउ गरेको हो ।  प्रहरीले सोही गाउँपालिका ५ देउराली निवासी २७ बर्षिय हर्कबहादुर सुनार ( मीठु ) लाई पनि पक्राउ गरेको छ। 

  बुद्धि बिहुस्थित भिमसेन माविबाट एसईई परीक्षा दिने तयारीमा जुटेका थिए ।  धम्जा चौकी इन्जार्ज प्रहरी सहाय निरीक्षक गजेन्द्रबहादुर  थापाका अनुसार उनीहरुविरुद्ध काठेखोला गाउँपालिका–६ , बिहु हटियाका छविलाल कँडेलको पसल फोडेर ५२ हजार मूल्य बराबरको रिचार्ज कार्ड र ५ हजार नगद चोरी गरेको आरोप लागेको छ । 

   त्यस्तै उनीहरुले इनारपानीका खिमानन्द कँडेलको पनि ५१ हजार नगद चोरी गरेको आरोप लागेको छ  । कँडेलको जाहेरीपरे पछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

 थापाले थप अनुसन्धानका लागि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाइएको  छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप