तलबको माग गर्दै आन्दोलन
जनकपुर–जनकपुरधामलाई सरसफाइ गरेर चिटिक्क पार्ने जिम्मेवारी पाएका मजदूरहरु तलबको माग गर्दै आन्दोलित बनेका छन् ।
जनकपुर उपमहानगरपालिकाले २ महिना यता तलब नदिएपछि उनीहरु काम रोकेर आन्दोलित बनेका हुन् ।
तलबको बारेमा मेयर लालकिशोर साहलाई जानकारी गराउँदा उनले उल्टै दुर्व्यवहार गर्दै गालीगलौज गरेको आरोप मजदूरहरुले लगाएका छन् ।
उनीहरुले मेयर साहले माफी माग्नुपर्ने र २ महिनाको तलब भुक्तानी गर्नुपर्ने माग राखेका छन् ।
सफाइ मजदूर अजय मेस्तरले आफूहरुलाई एक महिनादेखि तलब उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म तलब नदिई मेयर साहले उल्टै गाली गलौज गरेकाले तत्काल माफी माग्नुपर्ने र तलब उपलब्ध गराउनुपर्ने माग राखेको जानकारी दिए ।
यता उपमेयर रिता झाले सफाइ मजदुरको समस्या छिट्टै नै समाधान गरिने भन्दै काममा फर्किन आग्रह गरिन् ।
संघीय सरकारले करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्न स्थानीय निकायलाई पत्राचार गरेपछि यस्तो समस्या आएको उपमेयर झाको भनाई छ ।