बजेटका बारेमा प्रदीपले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । कांग्रेस सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुवर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले बजेटमा समावेश गर्नुपर्ने योजनाका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
नेता पौडेलले भने, ‘काठमाडौँ उपत्यकाका एवं सिङ्गो राष्ट्रका आम नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू सरकारको नीति तथा कार्यक्रमका बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई तत्काल कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गरिदिनका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको छु ।’
सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू सङ्कलन गर्न एकीकृत पानी सङ्कलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाई बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।
त्यस्तै रिङरोड दोस्रो खण्ड कलङ्की देखि धोबीखोला चाबहिल विस्तार परियोजना,विष्णुमती नमुना कोरिडोर राष्ट्रिय गौरव परियोजना,टुकुचा खोला ढल व्यवस्थापन र टोखा नपा वडा नं २ मा रहेको भुतखेलमैदान खेलकुद विकास योजनालाई आगामी बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद पौडेलले जानकारी दिएका छन् ।
उक्त आयोजनाहरू सम्बन्धित क्षेत्रका नागरिकहरू, सरकारी संस्थाका प्रतिनिधिहरू तथा विज्ञहरूसँगको परामर्श गरेर तय गरिएको उनको भनाइ छ । आयोजनाहरूको कार्यान्वयन पश्चात् खानेपानीको तथा धुवाधुलोको समस्या हल गर्न, राजधानीको वातावरण स्वच्छ राख्न लगायत सहज सडक प्रणालीले नागरिकहरूको समय बचत गर्न तथा समग्रमा जीवनस्तर माथि लैजान महत्त्वपूर्ण हुने पौडेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण