शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका प्रभावशाली नेता गुरुङ पक्राउ

शनिबार, १६ चैत २०७५, २० : २२
शनिबार, १६ चैत २०७५

कास्की । नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । 

सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । 

पोखरा–११ फूलबारी निवासी गुरुङ विप्लव समूहका जिल्लाका प्रभावशाली नेता भएको बुझिएको छ । 

प्रहरीले गत हप्ता सोही समूहका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो । 

सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सो समूहका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप