२७ वैशाखमा ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१’ हुने
काठमाडौँ । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तर्निहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१’ आयोजना हुने भएको छ ।
यही वैशाख २७ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुने कार्यक्रमको नयाँ बसपार्कस्थित बिजी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी विभिन्न विषयको जानकारी गराइएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।
“नारीको कला, नारीको सान” भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौँ नेपालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१” आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रतियोगितामा भाग लिनका लागि महिला मादल वादकहरूलाई आव्हान समेत गरिएको थियो ।
“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता– २०८१” मा भाग लिनका लागि यही वैशाख २५ गते सम्म फर्म भर्न सकिनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ, द्वितीय पुरस्कार ३५ हजार रुपैयाँ, तृतीय पुरस्कार २५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।
पत्रकार सम्मेलनमा कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ टिका पुनले सहभागिताका लागि हाल सम्म ४२ जनाले फर्म भरेको र फर्म भर्ने कार्य पनि जारी रहेको जानकारी दिइन् ।
कार्यक्रममा वरिष्ठ मादल वादक खड्ग बुढामगर, वरिष्ठ सञ्चारकर्मी राम अविरल, सत्यवती कला केन्द्रका अध्यक्ष उदिराम खड्का लगायत अन्य कलाकार र पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायक चन्द्र शर्माले नेपाल मै यस्तो प्रकृतिको प्रतियोगिता महिलाहरूको हकमा प्रथम भएको र प्रतियोगिता गर्न आँट गरेकोमा टिका पुन लगायत आयोजक टिमलाई बधाई दिँदै प्रतियोगिताको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रवेश निःशुक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण