हेटौँडामा ९ जना सम्मानित
हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा क्रियाशील ९ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी साहित्य, संगीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा योगदान गरेका तथा क्रियाशील ९ जनालाई सम्मान गरेको हो ।
प्रतिष्ठानले साहित्यतर्फ योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीकी कुन्ता शर्मा, गीत संगितको माध्यमबाट योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८० बाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारमा योगदान पु¥याएको भन्दै भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० बाट मकवानपुरका कलाकार बीएस राना र पत्रकारिताका क्षेत्रबाट साहित्य कला तथा संगितमा योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । भट्टराई मधुपर्कका पूर्वसम्पादक समेत हुन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
त्यस्तै प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट १५ हजार रुपैयाँ सहित मञ्जु खराल, शिला नारी पुरस्कार १५ हजार रुपैयाँसहित निरु मगर र २० हजार रुपैयाँको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।
त्यस्तै १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्र र अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण