शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हत्याको आरोपमा १ जना पक्राउ

बुधबार, २० चैत २०७५, १९ : ००
बुधबार, २० चैत २०७५

बुटवल– पाल्पामा  फागुन २४ गते एक महिलाको हत्या गरेको आरोपमा नुरबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–५ नयाँटोलाकी ५० वर्षीया ओमकुमारी घर्तीमगरको हत्या आरोपमा सोही ठाउँका ४६ वर्षीय विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार गत फागुन २४ गते घरबाट हार्थोक बजार हिँडेकी ओमकुमारी फागुन ३० गते रिब्दीकोट गाउँपालिका–५ ज्योतिष टोलस्थित कुसुमखोलादेखि नयाँटोल जाने गोरेटो बाटोमा मृत फेला परेकी थिइन् ।  एकल महिला घर्तीमगरसँग अनैतिक सम्बन्ध राखेका विश्वकर्माले घटनालाई ढाकछोप गर्न हत्या गरेको प्रारम्भिक वयानमा खुलेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक पोखरेलका अनुसार सोही दिन बिहे गरेर अन्यत्रै लैजाने बहानामा एकान्त खोलामा बोलाएर घर्तीमगरलाई टाउकोमा छड प्रहार गरी हत्या गरेका थिए ।  सोमबार पक्राउ परेका विश्वकर्मालाई मंगलबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

 खोलामा हत्या गरेर ओमकुमारीको शव डोकामा बोकेर घटनास्थलभन्दा माथि गोरेटो बाटोमा लगेर फालेको घट्नास्थल फालेका प्रहरीले अनुसन्धानबाट खुलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप