गाउँपालिका अध्यक्षको निधनका कारण राजपाको बैठक स्थगित
आइतबार, ०८ वैशाख २०७६, १९ : ०२
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा चारवटा एजेण्डा प्रस्तुत भएको छ । महधिवेशनको मिति र तयारी, समसामयीक राजनीतिक परिस्थि, स्थानीय तह र प्रदेश सरकारको काम कारवाही र पार्टी एकीकरण गरी चारवटा एजेण्डा प्रस्तुत भएको छ ।
पार्टी कार्यालय बबरमहलमा आजदेखि शुरु भएको पदाधिकारी समितिको बैठकमा पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एजेण्डा प्रस्तुत गरेको पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले बताए ।
महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्ष विनोद चौधरीको निधन भएको कारण बैठकमा एजेण्डा मात्र प्रस्तुत गरि स्थगित गरिएको उनले जानकारी दिए । चौधरी राजपा नेपालका नेता थिए । बैठक सोमवार पुनः बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने