रोल्पा पुगेका मुख्यमन्त्रीलाई तर्साउन ‘बम’ विस्फोट

बुटवल– रोल्पामा अज्ञात समूहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलाेमिटर पर ‘बम’ विस्फोट गराएका छन् ।
नेकपाको राेल्पा जिल्ला कमिटीकाे कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटपछि विस्फोटको आवाज आएको थियो ।
जिल्ला प्रहरी कार्यालय राेल्पाका डीएसपी दीपक खड्काले विस्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।
उनले कार्यक्रमस्थलबाट धेरै टाढा विस्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिए । कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी