गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू

गोरखा । प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो ।
रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमका अवसरमा सदरमुकामको हरमटारी चोकबाट गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए ।
‘‘ मन्दिरमा दैनिक रूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २२ वर्षदेखि यसलाई महोत्सवका रूपमा अगाडि बढाउन थालिएको छ । महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ”, उनले भने ।
गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेको छ । सोही विश्वासका साथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको हो । चामलको पीठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला घ्यूमा मिसाएर पकाइन्छ ।
तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादका रूपमा एउटा रोट, एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाइँ लड्न सकेको भन्ने भनाइसमेत रहेको छ । यसैले रोटलाई शक्तिवद्र्धक खाद्य परिकारका रूपमा पनि लिने गरिएको छ ।
संयोजक अकेलाका अनुसार यहाँ महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको छ । यसपटक ५० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?