सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा चलाउने

सोमबार, २९ वैशाख २०८२, १० : २०
सोमबार, २९ वैशाख २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यसै हप्ता कतारको भ्रमण गर्दैछन् । यस भ्रमणमा उनले कतारको शासक परिवारबाट उनलाई उपहारको रूपमा विलासी बोइङ ७४७–८ जम्बो जेट उपहार लिने छन् । 

यसैबिच ट्रम्पले यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न सक्ने अफवाह पनि चलेको थियो । तर ट्रम्पले यो महँगो उपहारको बचाऊ गरेका छन् । 

रक्षा मन्त्रालयले ४० वर्ष पुरानो एयर फोर्स वनलाई अस्थायी रूपमा विस्थापित गर्न उपहारमा कुनै शुल्क बिनाको एउटा ७४७ विमान पाउन लागेको आफ्नो सामाजिक सञ्जाल सोसल ट्र्थमा ट्रम्पले पोस्ट गरेका छन् । उपहार सार्वजनिक रूपमा निकै पारदर्शी ढंगले दिन लागिएको तर मूर्ख डेमोक्रेट्सहरूले सो विमानका  लागि डलर तिर्नपर्छ भनेर जिद्दी गरिरहेको पनि उनले अझै अगाडि लेखेका छन् । 

एबीसी न्यूजका अनुसार, ट्रम्पले जनवरी २०२९ मा पद छोड्नुभन्दा केही समय अघिसम्म कतार जम्बो जेटलाई आफ्नो राष्ट्रपतिको विमानको रूपमा प्रयोग गर्नेछन् । ट्रम्पले कतार भ्रमणको क्रममा यो उपहारको घोषणा गर्ने अपेक्षा गरिएको छ । ट्रम्प यही हप्ता कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्कदैछन् ।  यो उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ ।

ट्रम्पको सो पोस्ट आउनु अघि कतारी मिडिया सहचारी अलि अल–अन्सारीले ट्रम्पको आगामी भ्रमणमा कतारले अमेरिकी सरकारलाई जेट विमान उपहार दिन सक्ने खबरहरू छापेको थियो । एयर फोर्स वानको रूपमा अस्थायी प्रयोगको लागि विमानको सम्भावित हस्तान्तरण कतारी रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभाग बिच विचाराधीन छ । तर यो विषय सम्बन्धित कानुनी विभागहरूले समीक्षा गरिरहेका छन् र अहिलेसम्म कुनै निर्णय नभएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप