जुवातास खेलिरहेको अवस्थामा उपत्यकाबाट १४ जना पक्राउ
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महनगरपालिका–१ मैत्रीनगरबाट ५ जना र का.म.पा.–९ सिनामंगलबाट ९ जना पक्राउ परेका हुन् ।
मैत्रीनगर डेरा गरी बस्ने पर्सा, वीरगंज घर भएका ३० वर्षीय श्याम कुमार विकको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका–१५ का ४१ वर्षीय नवराज विश्वकर्मासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
यसैगरी सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा–७ बस्ने ५७ वर्षीय शिव थापा समेत ९ जनालाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
पक्राउ परेका १४ जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री