केन्द्रीय संस्करण

बंगलादेशले जित्यो त्रिकोणात्मक सिरिज

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline0

आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले जितेको छ । सुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । बर्षाले प्रभावित खेलमा बंगलादेश डकवर्थ लुईस नियमको आधारमा विजयी भएको हो । खेल २४ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २०.१ ओभरमा विना विकेटको क्षति एक सय ३१ रन बनाउँदा बर्षा सुरु भएको थियो । त्यसपछि खेल २४ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजले निर्धारित २४ ओभरमा एक विकेटको क्षतिमा एक सय ५२ रन बनायो । वेस्ट इन्डिजका लागि ओपनर शाई होपले ७४ रन बबनाए । सुनिल एम्ब्रिस ६९ रनमा अविजित रहे । बंगलादेशका मेहदी हसन मिराजले एक विकेट लिएका थिए ।

डक वर्थ लेविसका आधारमा दुई सय १० रनको विजयी लक्ष्य पाएको बंगलादेशले २२.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बंगलादेकका लागि सौम्य सरकारले सर्वाधिक ६६ रन बनाए । मोसद्धेक हसनले अविजित ५२ रन बनाएका थिए । मुश्फिकुर रहीम ३६, मोसादेकले २५ महमुदुल्लाहले १९, तामिम इकवाल १८ र मोहम्मद मिथुन १७ रन बनाए । वेस्ट इन्डिजका शैनन गेब्रियल र रेमोन रिफरले समान दुई दुई विकेट लिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...