शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सोमबार, ०६ जेठ २०७६, ०९ : २५
सोमबार, ०६ जेठ २०७६

नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । 

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप