शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब पत्रकारको सम्पत्ति शुद्धीकरण गर्ने समय आयो’

बिहीबार, ३० जेठ २०७६, १३ : ४४
बिहीबार, ३० जेठ २०७६

भक्तपुर– पछिल्लो समय सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रमा विकृति मौलाएको भन्दै सरोकारवालाहरुले पत्रकारहरुको समेत सम्पत्ति शुद्धिकरण गर्ने बेला भएको बताएका छन् ।  बिहीवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको सञ्चार स्वनियमन बिषयक अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त धारणा व्यक्त गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया विधेयकको अन्दोलन असफल भए मिडिया धारासायी हुने बताए । बिष्टले सरकारले ल्याएको विधेयकले पूर्णता पाए नेपालमा सञ्चार जगतको अस्तित्व नै समाप्त हुने बताए ।

सरकारले ल्याएको मिडिया विधेयक सरकारको गुणगान गाउनेहरुका लागि मात्र भएको र आलोचना गर्नेहरुका लागि जेल र आर्थिक सजाय भएको उनले बताए । पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रले पत्रकारहरुले स्वनियमन गर्दै पत्रकारिताको धर्म निर्वाह गर्नुपर्नेमा जोड दिँदै १०० बुँदे स्वनियमन कार्य तालिकाबारे जानकारी दिए ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले कतै पत्रकारले तलब नपाएर आर्थिक अभाव बेहोर्नु परेको बताउँदै कतै रातारात महल ठडाउनेहरुको सम्पत्ति सुद्धिकरण गरिनुपर्ने बताए ।

नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले ल्याएको मिडिया विधेयक सञ्चार क्षेत्रमा अंकुश लगाउन ल्याइएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप