शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुटपाट गरी फरार व्यक्ति लागूऔषधसहित पक्राउ

शनिबार, १८ साउन २०७६, १३ : ५७
शनिबार, १८ साउन २०७६

भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीले लुटपाट गरेर फरार भएका एक जना व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट दुई लाख रुपैयाँ निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोइराला लुटिएकी थिइन् ।

प्रहरीले उक्त घटनाको मुख्य योजनाकार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई पक्राउ गरेको हो ।

तिमिल्सिना, सुजन तामाङ र पबिन तामाङ मिलेर २०७५ साल असोज २४ गते कोइरालालाई चाँगुनारायण नगरपालिका–२ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने बित्तिकै कोइरालाको साथमा रहेको नगद रू २ लाख तथा मोबाइल फोनसमेत लुटपाट गरेका थिए ।

फरार रहेका तिमिल्सिनालाई शुक्रबार वृत ठिमिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । 

लोकन्थली नरेफाँटबाट पक्राउ परेका तिमिल्सिनाको साथबाट लागुऔषध डाइजापम, नोफिन र फेनारगन ६ सेट र मोवाइल ४ थानसहित नियन्त्रणमा लिएको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

उक्त लुटपाटमा संलग्न रहेका ३ जनामध्ये तिमिल्सिना मुख्य रहेको र अन्य सुजन तामाङ र पविन तामाङ यस अघि नै पक्राउ परेका थिए ।

पक्राउ परेका तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट,  ठगी, मुद्दामा समेत संलग्न रहेको प्रहरी अनुसन्धानवाट खुलेको समेत प्रमुख कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप