केन्द्रीय संस्करण

पोखरा मिडिया कपः सेलिब्रिटी र महिला पत्रकारहरुबीच प्रतिस्पर्धा

person explore access_timeसाउन २९, २०७६ chat_bubble_outline0

पोखरा– पोखराको मिडिया र मिडियाकर्मीहरुबीच भाइचाराको विकास गर्ने उद्देश्यसहित फुटसल प्रतियोगिता हुने भएको छ । ‘पोखरा मिडिया कप’ शीर्षकमा जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले प्रतियोगिताको आयोजना गर्न लागेका हुन् । पहिलो संस्करणको ‘पोखरा मिडिया कप’ बिग एफएमको प्रस्तुतीमा हुन लागेको हो ।

भदौको १० र ११ गते दुई दिनसम्म प्रतियोगिता चल्ने आयोजकले जानकारी दिएको छ । पोखरा गणेश टोलस्थित ‘स्पोर्टस क्यासल’मा प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहने आयोजकको अनुमान छ । ‘हामीले पहिलोपटक यस्तो प्रतियोगिता गर्दैछौँ । र, यसमा सम्पूर्ण मिडियाको साथ हामीले चाहन्छौँ ।’ जक्शन डटकमका संचालक अरुण गिरीले भने–‘कार्यक्रमलाई भव्य स्वरुप दिन हामीले निकै मेहेनतका साथ तयारी गरिरहेका छौँ ।’

प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार र दोस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘खासगरि हामीले मिडिया कपको गरिमा निकै भव्य होस् भन्ने चाहन्छौँ । र, ट्रफिलाई विशेष महत्व दिएका छौँ । नगद पुरस्कारको तुलनामा ट्रफिको भ्यालु धेरै माथि हुने हाम्रो मान्यता हो ।’ पत्रकार सम्मेलनमा प्रतियोगिताका सँयोजक समेत रहेका अरुण गिरीले भने ।

त्यस्तै उत्कृष्ट खेलाडिले ५ हजार, गोल रक्षकलाई २ हजार रुपैयाँ, अनुशासित टिमलाई ५ हजार रुपैयाँ र सर्वा्धिक गोलकर्तालाई ३ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ ।

यो प्रतियोगिताकै समयमा नेपाली फिल्म क्षेत्रका सेलिब्रिटी महिला र पोखराका महिला पत्रकारहरुबीच मैत्रीपूर्ण खेल समेत हुने आयोजकले बताएको छ । र, यो खेल प्रतियोगिताको सबैभन्दा आकर्षक समय हुने आयोजकको दाबी छ । 

त्यस्तै, आयोजकले मिडिया कपको प्रमोटरको रुपमा नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेललाई छनौट गरेको छ । पोखरा मिडिया कप वर्षेनी आयोजना गरिने पनि आयोजकले बताएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...