डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
शुक्रबार, १४ वैशाख २०८१, १५ : ३९
काठमाडौँ । डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश कार्यालयमा सरुवा गरेका हुन् ।
सिंह काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिइन् । सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि गण्डकी प्रदेशमा कार्यरत डीआईजी विकाशराज खनालले अवकाश पाएका छन् । उनले ५६ वर्षीय उमेर हदका कारण वैशाख ६ मा अवकाश पाएका हुन् । खनालले अवकाश पाएसँगै गण्डकी प्रदेश प्रहरी कार्यालयमा डीआईजीको पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण