बंगलादेशलाई हराउँदै भारत बन्यो च्याम्पियन
काठमाडौं– तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । हल्चोकस्थित एपीएफको मैदानमा आइतबार भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोलले हराउँदै च्याम्पियन बनेको हो ।
यससँगै भारत नयाँ च्याम्पियन पनि बनेको छ । यसअघिका दुई संस्करण नेपालले जितेको थियो । यसपटक नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतको जितमा बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल गरेका थिए ।
पहिलो हाफमै तीन खेलाडीले रातो कार्ड पाएको खेलमा भारतले दोस्रो मिनेटमै सिंहको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा भारत र बंगलादेश १०/१० खेलाडीमा समेटिएका थिए । मैदानमा आपसी झगडा गरेपछि रेफ्रीले भारतका गुर्किरात सिंहलाई सिधै रातो दिए । त्यसलगत्यै बंगलादेशका मोहमद रिडोयलाई दोहोरो पहेंलो (रातो) कार्ड देखाएका थिए ।
त्यसपछि ३९ औं मिनेटमा कप्तान अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । उनी गोल गर्नासाथ मैदानबाट बाहिरिएका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनलाई दोहोरो पहेंलो (रातो) कार्ड दिइएको थियो । त्यसपछि इन्जुरी समयमा भारतका रविबहादुरले गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । माल्दिभ्स तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव