आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता

सोमबार, १३ असोज २०७६, १८ : ५६
सोमबार, १३ असोज २०७६

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष चन्दले क्यानभित्र सुशासन कायम गर्न सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने योजना अघि सारे ।

उनले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरुको छनौट गर्दा उनीहरुको क्षमतालाई मुख्य प्राथमिकता दिने पनि स्पष्ट पारे । सोमबार काठमाडांैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले निजी स्तरमा सञ्चालन भइरहेका लिगहरुलाई पनि कानुनी दायरामा ल्याउने बताए ।

अध्यक्ष चन्दले चालू आर्थिक वर्षभित्र नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रिमियर लिग प्रतियोगिता आयोजना गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप