यी हुन् चीनका सहरसँग भगिनी सम्बन्ध गाँस्ने नेपाली सहर
नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् ।
नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महानगरपालिकाले चीनको सेन्जेन, ल्हासा, सियान, लान्जाओ, छेन्दु सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ । त्यस्तै, पोखरा महानगरपालिकाले चीनको कुनमिङ्ग गोन्जाओ, यिविन, लिन्जी, छुसाओ, हाइकाओ नानिङ्ग सहरसँग सम्बन्ध स्थापित गरेको छ । त्यस्तै, बुटवल उपमहानगरपालिकाले सिमान, ललितपुर महानगरपालिकाको गोन्जाओ, भक्तपुरले छेन्दु र बनेपा नगरपालिकाले सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको शनिबार हुने नेपाललको राजकीय भ्रमणले उक्त नगरपालिकासँग भएको भगिनी सम्बन्ध थप प्रगाढ हुने स्थानीय तहका जनप्रतिनिधिले विश्वास गरेका छन् । दुई देशका नगरबीचको सहरी पूर्वाधार, विकास निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्ने गरी भगिनी सम्बन्ध कायम गरिएका हुन् । यो समाचार गोरखापत्रमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव