नेकपाको चियापान कार्यक्रममा देउवाको मुहारमा घाम परेपछि....
काठमाडौं– बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले चियापान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो जमघट थियो । दिउसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको व्यवस्था गरिएको थियो । ३ बजेपछि भने विभिन्न दलका नेता र कुटनीतिक नियोगका अधिकारीहरु कार्यक्रममा सहभागी भई नेकपाका नेताहरुलाई भेटघाटमा व्यस्त थिए ।
दिउँसो ३ बजेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको छेउमा बसेर चिया पिए । मञ्चमा बस्दा देउवाको मुहारमा घामको प्रकाश प¥यो । त्यसपछि देउवाले तपाईको चुनाव चिन्ह सिधै मुहारमा प¥यो भनेर प्रधानमन्त्री ओलीसँग ठट्टा गरे । दुई नेताले चिया पिउँदैं एकछिन ठट्टा समेत गरे । यसरी मुहारमा घाम परेपछि प्रधानमन्त्री ओलीले घाम छेकिदिन सुरक्षाकर्मीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा एकछिन सहभागी भई बाहिरिने क्रममा सभापति देउवाले सबैभन्दा पहिला नेपाली काँग्रेसले चियापान कार्यक्रमको सुरुवात गरेकोमा अहिले अरु पार्टीले पनि यस किसिमको कार्यक्रम गर्नु राम्रो भएको बताए ।उनले यसप्रकारको कार्यक्रमले विभिन्न पार्टीहरुबिच आपसी सम्बन्ध बढ्ने र राष्ट्रिय एकताको भाव फैलाउने बताए ।
कार्यक्रमका नेपाली काँग्रेसका अर्का बरिष्ट नेता रामचन्द्र पौडले पनि सहभागी भएका थिए । साथै काँग्रेसका अन्य नेता तथा सांसदहरुको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण