आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एक सातापछि सर्‍यो ‘सरौतो’

शुक्रबार, ०८ कात्तिक २०७६, १३ : १६
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सरौतो’ एक हप्तापछी सरेको छ । वितरकहरुसँगको सल्लाह अनुसार फिल्मको रिलिज डेटमा हेरफेर गरिएको फिल्मका निर्देशक हरि हुमागाईले जानकारी दिए ।

‘हामीले घोषणा गरेको मितीमा एकसाथ अन्य धेरै फिल्म हुने भएपछि  वितरकको सल्लाहअनुसार रिलिज डेट परिवर्तन गरिएको हो’ हरिले भने ‘२९ बाट भने फिल्म सर्दैन ।’ हरिले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुनमगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

रिभेन्जको कथा बिषयबस्तु बनाइएको फिल्म विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । 

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन समेटिएको छ ।  काठमाडौँ, सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गरिएको फिल्म दर्शकले रुचाउने आस निर्देशक हरिको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप