आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फेरि सर्‍यो ‘सरौतो’

शुक्रबार, १५ कात्तिक २०७६, १६ : ३७
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं– २२ कात्तिकबाट देशभर प्रदर्शनमा आउने भनिएको फिल्म ‘सरौतो’ सरेर २९ कात्र्तिकमा पुगेको थियो । अहिले फेरि सरेर यो फिल्म मंसिर १३ मा पुगेको छ ।

वितरकहरुको सरसल्लाह बमोजिम फिल्म ‘सरौतो’ फेरि सारिएको निर्देशक हरि हुमागाइले जानकारी दिए । ‘हामीले घोषणा गरेको मितिमा एकसाथ धेरै फिल्म भएपछि र ‘घामड शेरे’को रिलिज फेरबदलका कारण ‘सरौतो’को रिलिज हेरफेर गरेका हौं’, हरिले थपे ‘‘सरौटो’ अव मंसिर १३मा भने पक्कै आउने छ । 

सुमीका मोक्तान, सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको फिल्ममा अभिनय देख्न सकिन्छ ।  विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।

उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप