४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सनले बनाउने
लमजुङको मस्र्याङ्दी गाउँपालीका निर्माण हुन लागेको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीले बनाउने भएको छ । रन–अफ–रिभर मोडेलमा निर्माण हुन लागेको उक्त परियोजना निर्माणका लागि डेभलपर सिउरी पावर लिमिटेड र कस्ट्रक्सन जेभीबीच सम्झौता भएको हो ।
४०.२७ मेगावाट क्षमताको सो परियोजना ५ अर्ब ८० करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको हो । सम्झौतानुसार यो आयोजनाको निर्माण चार वर्षमा सकिनेछ र आयोजनाले सन् २०२२ को जुलाई महिनादेखि व्यापारी उत्पादन थाल्नेछ । यो आयोजना निर्माणका लागि ७.५ किलोमिटर टनेल बनाउनेपर्ने हुन्छ ।
यस आयोजनाले जेठदेखि मंसिरमा १६२.१५ गिगावा परआवर विद्युत् उत्पादन गर्ने क्षमता राख्छ भने मंसिरदेखि जेठसम्म ७३.६१ गिगावाट परआवर विद्युत उत्पादन गर्नेछ ।
सिउरी पावर लिमिटेडले सिउरी खोला हाइड्रो पावर प्रोजेक्ट, हेवा खोला हाइड्रो पावर प्रोजेक्ट र लोवर पिलुवा खोला हाइड्रोपावर प्रोजेक्टको प्रवद्र्धक कम्पनी हो । धौलागीरी कस्ट्रक्सल प्रालि र हाइ हिलमालय हाइड्रो कस्ट्रक्सन प्रालिले संयुक्तरुपमा हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीलेको नाममा उक्त आयोजना निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
-
एसईई र कक्षा १२ : परीक्षाका असङ्गत र अमर्यादित पक्षहरू
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’