संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्लाई यसरी लामो समय बन्धक बनाएर राख्न नहुने बताएका छन् । यसरी धेरै समय संसद्लाई बन्धक बनाएर राख्यो भने संसद् अधिवेशन अन्त्य गरेर गर्नु पर्ने कार्यहरू अध्यादेशमार्फत गर्न सकिने भए पनि तर लोकतन्त्रका लागि यो राम्रो नहुने सभामुखले बताएका हुन् ।
उनले संसद्मा जे गतिविधि भइरहेको छ त्यो ठिक नभएको बताए । ‘संसद् बन्धक बनिरहेको छ, जनताको कुरा उठेको छैन,’ उनले भने, ‘अब सधैँ यस्तै रहन हुँदैन ।’
संसद् खुलाउन सबैको तर्फबाट पहल हुनु पर्ने बताउँदै उनले पत्रकारिताले लोकतन्त्रका लागि काम गर्नुपर्ने सुझाए । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण तथा पत्रकारिताको सामयिक विमर्श कार्यक्रममा बोल्दै सभामुख घिमिरेले राजनीति रूपमा देखिएका विसङ्गतिको अन्त्य गर्न पत्रकारले भूमिका खेल्नु पर्ने उनले बताए ।
पत्रकारले आफ्नो भूमिकामा प्रस्ट नरहेको तथा भूमिका नै नपाएको हो कि जस्तो आफूले पाएको उनको भनाई थियो ।
कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रतिनिधि सभामा आफूलाई कांग्रेसले नचाहेको र त्यहाँ आफू नभएको कारण प्रतिनिधि सभामा भइरहेको घटनाक्रमको बारेमा आफूले केही टिप्पणी नगर्ने बताए ।
टिप्पणी गर्न आफूसँग धेरै कुरा रहेको तर आफू त्यस लायक नभएको कारण टिप्पणी नगर्ने बताउँदै उनले निर्वाचन जित्दैमा सबै थोक आफैमा रहेको कुरा ठान्न नहुने बताए । अहिले संसद्लगायतका ठाउँमा भइरहेको गतिविधिले गर्दा संविधानलाई असर पुर्याउने अवस्था रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण