शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा शाह प्रदेश नम्बर ५ को भ्रमणमा निस्किँदै

आइतबार, ०८ मङ्सिर २०७६, १९ : ५९
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् । 

पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार उनी आगामी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका हुन् । शाहले प्रदेश नम्बर ५ को भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ । 
आगामी हप्ता निजी भ्रमणको सिलसिलामा पूर्वराजा पश्चिमको भैरहवा सवारी होइबक्सदै छ’ पाठकले भने, ‘भ्रमणसम्बन्धी थप कार्यक्रम तय हुन बाँकी छ। ’

स्रोतका अनुसार भ्रमणमा पूर्वरानी कोमलको सहभागिता हुनेछैन । सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ । 
 
बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका हुन् । 

अघिल्लो सातामात्रै राजधानीको एक क्लबमा राजपरिवारका अन्य सदस्यसहित पूूर्वराजा देखिएका थिए । 

उनी नाइट क्लबमा पुगेको विषयले निकै चर्चा पनि पाएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप