बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट

बुधबार, ११ मङ्सिर २०७६, १३ : ०२
बुधबार, ११ मङ्सिर २०७६

पोखरा । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । 

विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको पोखरास्थित रातोपाटीकर्मी श्याम रानामगरले जनाएका छन् । 

अहिले घटनास्थलमा प्रहरी पुगेको छ  भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ।  

विगतमा पोखराका विभिन्न स्थानमा प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराउँदै आएको बताइएको बेला यो विस्फोटमा पनि सोही समूहको हात हुन सक्ने आशंका गरिएको छ । 

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । 

मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप