दशौँ मिस पूर्वाञ्चलमा २१ प्रतिस्पर्धी
बिहीबार, १९ मङ्सिर २०७६, १२ : १८
काठमाडौं । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’को दशौँ संस्करण अन्तिम प्रतिस्पर्धामा २१ युवती भिड्ने भएका छन् ।
धरान, इटहरी र बिराटनगरको बिभिन्न स्थानमा आयोजित अडिसनबाटछानिएका यी प्रतियोगी अहिले ग्रुमिग क्लास, फोटोग्राफी र मेकअप क्लास सहित अन्तिम प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । प्रतियोगीलाई कोरियोग्राफी गर्ने काम ‘मिस कस्मोपोलिटन वल्र्ड २०१९’की बिजेता प्रियारानी लामाले गरिरहेकी छन् ।
प्रतियोगिताको बिजेताले ‘मिस पूर्वाञ्चल २०१९’को उपाधिसंगै रु २ लाख नगद र अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल पौष ५ गते शनिबार धरानमै आयोजना हुनेछ ।