झम्सिखेलमा यःमरि महोत्सव हुने
काठमाडौं । विहीबार यःमरि पुन्हिको दिन सेभेन सिजन लाउन्स बारले यःमरि महोत्वस आयोजना गर्ने भएको छ । ललितपुरको झम्सिखेलस्थित लाउन्स बारले यःमरि पुन्हिको दिन यःमरिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको हो ।
यःमरि पुन्हि हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायमा विशेष मनाइने मनाउने गर्दछन्। जसमा तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइने विशेष प्रकारको परिकार हो, यःमरि । नेवार समुदायमा यो परिकार यःमरि पुन्हिको दिने खाने चलन छ ।
महोत्सवमा यःमरि प्रदर्शनसँगै नेवारी भेषभूषा तथा संस्कृति झल्काउने फेसन एवं नृत्य समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । उक्त फेसन शोका लागि इभेन्ट मेनेजमेन्ट कम्पनी आरएनआर गुरुपले संयोजन गरेको छ ।
आरएनआर गुरुपकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार कार्यक्रममा मोडलहरु नेवारी भूषभूषामा ¥याम्पमा उत्रँनेछन् भने नेवारी संस्कृति झल्काउने गीतसंगीत समेत प्रस्तुत गरिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने