अन्तर्राष्ट्रिय मार्बल आर्ट क्याम्पमा नेपाली कलाकारहरुले मूर्ति बनाए
मलेशिया भन्ने बित्तिकै हाम्रो मानसपटलमा वैदेशिक रोजगारीका लागि काम जानेहरुको सम्झना आइहाल्छ । तर मलेशियामा सबै नेपालीहरु रोजगारीको लागि मात्रै जाँदैनन्, त्यहाँ उनीहरु आफ्ना कला, सीप, क्षमता र दक्षता प्रदर्शन गर्न पनि जान्छन् भन्ने कुरा पढ्न–सुन्न पाउँदा पनि गर्व महसूस हुन्छ ।
यसै सन्दर्भमा हालसालै मलेशियाको लान्कावी भन्ने ठाउँमा आयोजित अन्तर्राष्ट्रिय मार्वल आर्ट क्याम्पमा सहभागी भई नेपालका चारजना कलाकारहरुले आफ्नो सीप प्रदर्शन गरेका छन् । उक्त कार्यशालामा मलेशिया, नेपाल, इन्डोनेशिया, बेल्जियम, इटाली, थाइल्याण्ड, रि उनीयन आइल्याण्डका १९ जना मूतिकारहरु सहभागिता रहेको थियो ।
१३ दिनसम्म चलेको सो अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी नेपाली कलाकारहरुमध्ये भुवन थापा, गुल्मीले ‘तिमी र म’ विष्यमा दुई वटा मूर्ति सिर्जना गरेका थिए । दुई व्यक्ति अथाव दुई देशबीचको सम्बन्धकलाई जोड दिएको सो मूर्तिले मलेशियामा रहेका नेपालीहरुप्रति सुरक्षा र साथ दिनुपर्छ, हामी सँगै र सधै मित्र हौं भन्ने सन्देश सम्प्रेषण गर्न खोजेको थापाको भनाइ छ ।
त्यसै गरी अर्का कलाकार लक्ष्मण भुजेल, मकवानपुरले ‘अस्तित्व’ शीर्षकमा मूर्ति निर्माण गरेका थिए । उनको मूतिले डुंगा र नारीको सम्मिश्रण गरेर समुद्रको छालसँग जुध्दै नारी डुंगाझैं संसार जित्न संघर्ष गरिरहेकी कुरालाई प्रतिविम्बिन गरेको छ ।
कलाकार राजु पिठाकोटे, इलामले कनेक्सन र फ्री वे शीर्षकमा दुईटा मूर्ति निर्माण गरेका छन् उनको मूतिले संसारका सबै राष्ट्रहरुबीच सधैं मजबूत सम्बन्ध रहिरहन एकअर्काबीच समान रहन सन्देश दिएको छ ।
कलाकार गंगाधर सारु, झापाले सशक्तीकरणको विषण्मा अर्धमूर्त शैलीमा नारीलाई चित्रित गरेका छन् ।
उक्त कार्यशालामा निर्माण गरिउका सबै मूर्तिहरु लान्कावी एयरपोर्टको भित्रबाहिर प्रदर्शनीमा राखिने र सन् २०२० मा केएल बाइनाले २०२० मा भव्य प्रदर्शनी गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव