आर्मीको सुखद सुरुवात
सोमबार, ३० मङ्सिर २०७६, १६ : २१
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हरायो ।
आर्मीको जितमा नवयुग श्रेष्ठले खेल सुरु भएको तेस्रो मिनेटमै खाता खोले । दिनेश हेम्जनले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । फ्रेन्ड्सका लागि शक्ति राईले ५०औं मिनेटमा गोल फर्काएका थिए । लिगमा पहिलो जितसँगै आर्मीले तीन अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
-
‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
-
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
-
१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
-
धनगढी उपमहानगरले गर्याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण