१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
आइतबार, २४ जेठ २०८३, १४ : २७
सारांश
- रसुवाको धुन्चेबजारबाट प्रहरीले हुण्डी कारोबारी मिङमार छिरिङ गुरुङलाई १९ लाख ५२ हजार नगदसहित पक्राउ गरेको छ।
- स्याफ्रुवेशीबाट काठमाडौँ जाँदै गरेको सुमो गाडीमा सवार गुरुङको साथबाट उक्त नगद बरामद गरिएको हो।
- प्रहरीले गुरुङविरुद्ध हुण्डी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । प्रहरीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट हुण्डी रकमसहित एक जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन्।
जेठ २३ मा स्याफ्रुवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार आरोपीको साथबाट १९ लाख ५२ हजार नगद बरामद गरिएको जिप्रका रसुवाका इन्स्पेक्टर राजु शाहले रातोपाटीलाई बताए।
प्रहरीले उनीविरूद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण