पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
आइतबार, २४ जेठ २०८३, १३ : ५४
सारांश
- कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) नेता मङ्गलप्रसाद गुप्ताको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
- ८० वर्ष नाघेका गुप्ता २०३९ सालदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए र पछिल्लो पटक २०७९ सालको निर्वाचनमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
- गुप्ताको पार्थिव शरीर मंगलबार कपिलवस्तुको कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी छ।
बुटवल । कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) नेता मङ्गलप्रसाद गुप्ताको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले जनकारी दिए ।
८० वर्ष नाघेका गुप्ता लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय थिए । उनी २०३९ सालदेखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा पनि पटक–पटक निर्वाचन लडेका गुप्ताले पछिल्लो पटक २०७९ सालको निर्वाचनमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए।
गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कपिलवस्तुको कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी रहेको एमाले जिल्ला अध्यक्ष खनालले बताए।
स्वर्गीय गुप्ताका श्रीमती र चार छोरा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण