आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने

आइतबार, ०६ पुस २०७६, १६ : २२
आइतबार, ०६ पुस २०७६

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्ना शेयर धनिहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशतको नगद लाभांश दिने भएको छ । बैंकको १९ औं साधारणसभाले गत वर्षको बैंक सञ्चालन कारोबारबाट भएको मुनाफाबाट उक्त शेयर बोनर र नगद लाभांश दिने भएको हो ।

बैंकको गत २०७६ कात्र्तिक १७ गते बसेको सञ्चालक समितिको २२१ औं बैंठकले गत आर्थिक वर्ष २०७५/७६ को कारोबारको मुनाफाबाट हालको शेयर पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताप पारित गरेको थियो । बैंकले बोनस शेयरसहित नगद लाभांश वितरणका लागि राष्ट्र बैंक समक्ष पठाएको निवेदन उपर नियमाक निकाय राष्ट्र बैंकले गत मंसिर १० गते स्वीकृति दिएसँगै बैंकले लाभांश वितरण गर्ने भएको हो । 

राष्ट्र बैंकको स्वीकृति पाएसँगै बैंकले प्रस्तावित ८९ करोड २० लाख ५० हजार ८ सय ६४(रु.८९,२०,५०,८६४) रुपैयाँ बराबरको बोनस शेयर र ४४ करोड ६० लाख २५ हजार ४ सय ३२ (रु.४४,६०,२५,४३२) रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । तर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७६ मंसिर २३ गते भन्दा अघिल्लो दिन सम्म कारोबार भई २०७६ मंसिर २७ गते भित्र बैंकको शेयरधनी कितावमा सूचिकृत नहुने शेयर धनिहरुले उक्त बोनस शेयर र नगद लाभांश नपाउने बैंकले जनाएको छ । 

बैंकले गत वर्ष ३४ दशमलव ६३ प्रतिशतले खुद नाफा आर्जन गर्दै एक अर्ब ५९ करोड ७ लाख ७ हजार ४ सय रुपैयाँ कमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप