अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दर्ता
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दायर भएको छ ।
आफ्ना निकट मित्र र वाईएसआरसीपीका विधायक रवि चन्द्र किशोर रेड्डीको लागि चुनावी प्रचारप्रसार गर्दा उनीमाथि मुद्दा लागको हो । अल्लु लोकसभाको निर्वाचनको प्रचारप्रसार गर्न नन्दयाल पुगेका थिए ।
रवि चन्द्राको आवासमा अभिनेतालाई हेर्नेको घुइँचो थियो । फ्यानहरुको भीड यति धेरै थियो कि शान्ति व्यवस्था कायम गर्न अप्ठ्यारो भयो भने ट्राफिक जाम पनि भयो । यसका कारण सर्वसाधारणले निकै सास्ती भोग्नु पर्यो ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार अभिनेता अल्लु अर्जुन र रवि चन्द्र किशोर रेड्डीको टोलीले चुनाव प्रचारप्रसारका लागि कुनै अनुमति लिएका थिएनन् । त्यसैले दुबैमाथि आईपीसीको धारा १८८ अनुसार मुद्दा दायर गरिएको छ ।
चुनाव प्रचारप्रसारमा अल्लु अर्जुनसँगै उनकी श्रीमती स्नेहा पनि थिइन् । ठुलो भीडका कारण मामिला अनियन्त्रित बनेपछि मुद्दा दर्ता भएको बताइएको छ । हाल यस सम्बन्धमा थप जानकारी प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण