नर्सिङ संघको अध्यक्षमा मनकुमारी राई विजयी
काठमाडौँ । नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक मनकुमारी राई विजयी भएकी छिन् ।
बुधबार भएको निर्वाचनमा राई १ हजार २ सय मत प्राप्त गरेर विजयी बनेकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी संयुक्त पेशागत प्यानलकी प्राध्यापक मुना राना थापाले ८ सय मत प्राप्त गरिन् । निर्वाचनमा दुई हजार १ सय २० मत खसेको थियो । विजयी भएकी राई महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्राध्यापक हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्बदा थापा, सचिवमा प्रमिता थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले विजय हासिल गरेका छन् ।
साथै सदस्यहरुमा विजया अधिकारी, हरि प्रसाद कोजू, सोनु शेर्पा, सपना वि.क, अन्जु कुमारी महतो, कोहिनुर फारुकी, अम्बीका पौडेल र सीता केसी निर्वाचित भएका छन् ।
निर्वाचनमा देशभरका २१ मतदान केन्द्र राखिएको थियो । धरान, विराटनगर, वीरगंज र लमजुङ ४ स्थानमा मुना राना थापाको प्यानलले जितेको छ । बाँकी १७ स्थानमा राईको प्रगतिशील प्यानले जित हासिल गरेको हो ।
नतिजाको औपचारिक घोषणा भने भोलि शुक्रबार दिउँसो २ बजे हुने निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
-
नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त