सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कबाट नक्कली सुनसहित २ जना पक्राउ

मङ्गलबार, १५ पुस २०७६, १३ : २६
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो । 

वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको  जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप