मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो ।
रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । “मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि पुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको हो”, उनले भने, “बालबालिकालाई दैनिक बोलीचाली र जीवनयापनमा बढी प्रयोग हुने शब्दावलीलाई पुस्तकमा समेटिएको छ ।”
मगर खाम भाषा पठनपाठनका लागि जनशक्ति तयार पार्ने र क्षमता विकास गर्ने उद्देश्यले यसअघि शिक्षकलाई सातदिने तालिम प्रदान गरिएको थियो । नेपाल पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले मगर भाषाको महत्वलाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन मातृ भाषामा पठनपाठन सुरु गरिएको बताए ।
महादेव मावि, पार्वती आधारभूत, कालिका मावि, जनता मावि, शिव आधारभूत, अमर मावि (चिमखोला), सिद्ध आधारभूत, महेन्द्र मावि, शिशुकल्याण आधारभूत, अमर मावि (पाखापानी), हरि आधारभूत, रायखोर र जनआदर्श आधारभूत विद्यालयमा मगर भाषामा पठनपान सुरु भएको उनले जानकारी दिए । नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला÷कालीगण्डकी नदीबाट पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको इतिहास मेटिँदै गएको जानकारहरू बताउँछन् ।
रघुगङ्गा-१, ४, ५, ६ र ७ वडामा मगर समुदायको बाहुल्य बसोबास छ । वडा नं ८ कुइनेमङ्गले र वडा नं ६ को ठाँडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले छन्त्याल भाषामा पनि पठनपाठन गराउन पहल भएको बताए । वडा नं २ भगवती र वडा नं ३ पिप्लेमा क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको बसोबास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण